देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट ‘केपी वान’ र ‘केपी टु’

0

काठमाडौं – नेपालमा पुन कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो।

राष्ट्रिय प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट ‘केपी-१’ र केपी-२ नेपालमा पुष्टि भएको छ।

हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा ‘केपी-१’ र केपी-२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन-१) २ नमुनामा, ओमिक्रोन (बीए-२), १२ नमुनामा, ओमिक्रोन (केपी-१) १७ नमुनामा, ओमिक्रोन (केपी-२) एक नमुनामा र ओमिक्रोन (केपी-३) (केपी-४) क्रमशः १ नमुनामा भेटिएको हो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार