देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘नेपालमा मल कारखाना खोल्नू, हामी सहयोग गर्छौं’ – प्रधानमन्त्री

0

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगान नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् ।

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद दिएका थिए ।

हाल कोरोना भाइरसले पनि देशलाई हैरान गरेको भन्दै उनले जसरी भए पनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्ने बताएका थिए । यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रोत्साहन गर्नुपर्ने पनि उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार