देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपालमै पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्बकाे सफल प्रत्यारोपण

0

काठमाडौं – शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।

शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी दिए ।

उनका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो । ८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उनको शुक्रबारनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी दिए ।

‘हामीले नेपालमै पहिलो पटक ओर्टिक भल्व साँधुरिएर अस्पताल आएको बिरामिको यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भने, ‘उहाँ (बिरामी) निको भएर डिस्चार्ज हुनु भएको छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार