देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाललाई ओमानसँग हारको बदला लिने अवसर

0

(काठमाडौँ) –  विश्वकप क्रिकेट छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग टूमा नेपालले आफ्नो तेस्रो खेलमा आज ओमानसँंग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यसअघि पहिलो खेलमै घरेलु टोली नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

सन् २०१३ यता नेपालले ५० ओभरको क्रिकेटमा ओमानलाई हराउन सकेको छैन । आईतबार मैदान उत्रदै दुवै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् । नेपालले पहिलो खेलमा भोगेको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ । ओमानले सुरुवाती दुई खेलमा नेपाल र अमेरिकालाई नै पराजित गरिसकेको छ ।

नेपालले पनि आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै लिग २ मा पहिलो २ अंक जोडिसकेको छ । ओमान लिगको दोस्रो स्थानमा रहेको छ । यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ । नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन । हालसम्म नेपाल र ओमान एकदिवसीयमा ८ पटक आमने सामने भएका छन् । सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार