देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाललाई चार विकेटले हराउँदै यूएईले जित्यो उपाधि

0

काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ४ विकेटले पराजित गरी त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि जितेको छ। काठमाडौँको त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले हराएको हो।

जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। यूएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भएका थिए।

युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भएका थिए। यूएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

आसिफ खान ७, अलिसान सराफु १३ रनमा आउट भए। वृत्या आनन्दलाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालको आशा जगाएका थिए। अली नासिरलाई अविनाश बोहराले ९ रनमा बोल्ड गरेका थिए। बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई विजय दिलाएका हुन्।

नेपालका गुल्सन झा र अविनाशले २/२ विकेट लिएका थिए। कुशल मल्लले १ विकेट लिएका थिए। यसअघि यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६२ रन बनाएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार