देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली कांग्रेस म्याग्दीको सभापतिमा गर्वुजा निर्विरोध निर्वाचित

0

पोखरा – नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा निर्विरोध निर्वाचित भएका छन्। बुधबार भएको जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजा निर्विरोध निर्वाचित भएका हुन्।

यसअघिका पनि जिल्ला सभापति गर्वुजा जिल्लामा सभापति पदका लागि उम्मेद्वारी परेपछी उनी सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनमा दुई जना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। उपसभापति पदमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मिनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालले उम्मेद्वारी दर्ता गरेका हुन्।

सचिव पदमा चार जनाको उम्मेद्वारी रहेको छ। जसमा अजय मिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हीराबहादुर पुनको सचिव पदमा उम्मेद्वारी परेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार