देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ताल्चाभडेलले दिए नेपाली काङ्ग्रेस इन्द्रावती लाई ५ आना जग्गा

0

सिन्धुपाल्चोक – नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापती फुर्वा तामाङको सभापतित्व तथा सिन्धुपाल्चोकका सभापति बिकास लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समसामयिक राजनितक बिषयमा छलफल भएको कांग्रेस सिन्धुपाल्चोकका उपसभापति शिव सुनारले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका बरिष्ठ नेता राजेन्द्र मान तालचाभडेलले नेपाली काङ्ग्रेस इन्द्रावती गाउँ कार्य समिति लाई भवन निर्माणका लागि इन्द्रावती गाउँपालिका वडा न.४ नवलपुरमा ५ आना जग्गा (दान) सहयाेग स्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका सभापति बिकास लामाले जानकारी दिए ।

कार्यक्रमको विषेश आतिथ्यता ग्रहण गरेका नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका बरिष्ठ नेता राजेन्द्र मान तालचाभडेलले यस्तो पुनित कार्य गर्न पाउँदा आफु अत्यन्तै हर्षित भएको भन्दै अब इन्द्रावती गाउँ कार्य समितिले उक्त जग्गामा छिट्टै आफनो भवन बनाउने कुरामा आफू विश्वस्त रहेको बताए ।

उक्त कार्क्रममा कांग्रेस सिन्धुपाल्चोकका उपसभापति शिव सुनार, सचिव बिल बहादुर तामाङ, क्षेत्र न:२का क्षेत्रीय सभापति आइतमान तामाङ, इन्द्रावती गाउँपालिका अध्यक्ष एब गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ, पालिका उपाध्यक्ष मिरा अधिकारी ( लामा),जिल्ला सदस्यहरु, क्षेत्रीय सदस्यहरु, ईकाइ सभापतीहरु, जनप्रतिनिधिहरु लगायत कांग्रेस नेताकार्यकर्ताहरुको उपस्थिति रहेकाे नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख सिके चौलागाइले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार