देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली टिम चाइनिज ताईपे प्रस्थान

0

काठमाडौं  – विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न नेपाली टिम शनिबार राति चाइनिज ताईपे प्रस्थान गरेका छन् । छनोट चरणको पहिलो अवे खेलमा नेपालले कतारससंग ७–० को लज्जास्पद हार व्यहोरेको थियो । नेपालले दोस्रो खेलमा ताईपेसँग मंगलबार उसैको मैदानमा खेल्नेछ ।

विश्वकप फुटबलको दोस्रो चरणको पहिलो खेल खेलेको नेपाली राष्ट्रिय टोली शनिबार नै स्वदेश फर्केको थियो । गत बिहीबार राति नेपाल कुवेतसँग उसैको मैदानमा ७ – ० गोल अन्तरले पराजित भएको थियो । तर, छनोटको समूह ’बी’ रहेको नेपालले ताईपेविरुद्धको खेलमा भने अंक जोड्ने लक्ष्य बनाएको छ ।

नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । चोटका कारण डिफेन्डर अजित भण्डारी र ज्वरोको कारण फरवार्ड नवयुग श्रेष्ठ टिम बाहिर रहेका छन् । अजितको स्थानमा रवी सिलवाल र नवयुगको स्थानमा विमल रानालाई टिममा राखिएको छ । भिसा समस्याको कारण रवी भने टिमसँग गएका छैनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार