देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली भाषा विश्वको उन्नत भाषा : राष्ट्रपति भण्डारी

0

(धनगढी) – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताएकी छन् । धनगढीमा बुधबारबाट सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताएकी हुन् ।

उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् । ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रर्वधन गर्न मद्दत पुर्‍याउन्छ’ उनले भनिन्, ‘यस क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालय सहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढ गर्नुपर्ने मैले महसुस गरेकी छु ।’

राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन् । उनले भनिन्, ‘पहलमान सिंह स्वाँर, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शीरवृद्धि भएको छ ।’

उनले मानव जातीको अथक परिश्रमद्वारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबीचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’

उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने एक माध्यम रहेको बताइन् । उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बर्धनमा राष्ट्रले योग्दान पुर्‍याउनु पर्दछ ।’ राष्ट्रपति भण्डारीले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।

‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पुर्‍याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।

उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउँदै सदाचार र नैतिकतालाई प्रवर्धन गर्ने बताउँदै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’ उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवर्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् ।

‘नेपाली भाषा, सगीत, कला, साहित्य, रीतिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, संगीत र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बाँध्न सहयोग पुर्‍याएको छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार