देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कहिलेसम्म बिक्लान् मार्क्स, लेनिन, माओ अनि बिपी र पुष्पलालहरु ?

0
<p>भवनाथ आचार्य</p>

भवनाथ आचार्य

नेपाली राजनितीमा पछिल्लो समय बिकसित हुँदै आएको ‘नयाँ’ र ‘युवा’ भन्ने शब्दावलीले गतिलै बजार ओगटेको देखिन्छ । निति सिद्दान्त र आदर्शलाई पुणो सारेर केवल शब्दमा मात्रै खेलोमेलो गरेर निर्माण गर्न खोजिएको राजनितीक भाष्यको आयुपनी त्यती लामो छैन भन्ने अनुमान नेपाली जनताले सहहजै लाइसकेको हुनुपर्छ ।

नेपाली राजनितीमा समयको परिवर्तनसँगै प्रकारान्तरले परिक्षणकैलागी किन नहोस अहिले पुराना र ठुला भनिएका दलहरुले सरकार सञ्चालनको अवसर पाएकै हुन । पटक पटक अवसर पाउँदापनी नेपाली जनतालाई प्रत्यक्ष अनुभुती हुनेगरी (एकाध बाहेक) माखो मार्न नसकेका दलहरु अहिले अरुलाई कालो देखाएर आफु सेतो बन्ने दुश्प्रयासमा तल्लीन देखिन्छन् ।

आफुलाई पुरानो र प्रजातान्त्रिक भन्न रुचाउने नेपाली काँग्रेसले एकलौटी र सामुहिकरुपमा सरकार सञ्चालन गर्दा होस अथवा पार्टिको अधिबेशन गर्दा होस् न रुपान्तरणको नारा छोडेको छ न रुपान्तरण भएको छ । काँग्रेसका प्रत्येक नेताहरुले भन्ने वा भज्ने गरेको बिपीको समाजवादको सिद्दान्तले मात्रै न बाली लाउने बेलामा मल बिउ नपाएर छट्पटीएको किसानलाई राहत मिल्छ न एउटा हातमा पासपोर्ट र टिकट लिएर अर्को हातले एयरपोर्टमा ट्रली ठेलिरहेको युवाको पाइला रोकिन्छ ।

लोकतान्त्रीक समाजवादको हिमायती प्रमाणीत गर्न खोज्दैगर्दा काँग्रेसले आफ्नो शरिरमा जेलीएको कम्युनिष्टको कालो धब्बा मेटाउने प्रयास गर्नुको साटो टाउकैमा बोकेर हिँडेपछी सुरक्षीत गन्तव्यमा अवतरण हुनेकुरामा उसका समर्थक ढुक्क हुने आधार के हुनसक्छ ? बिपीको समाजवाद बिकाउन नसक्ने काँग्रेसले प्रचण्डपथ समेत बिकाउने ठेक्का लिएपछी कहिल्यै प्रयोग नगरेको कोदो र चामलको मिश्रीत परिकारमा जनताको रुची नहुनु स्वभाविक नै देखिन्छ ।

मनमोहन अधिकारीले सुरुगरेको सामाजीक सुरक्षा भत्तालाई आफ्नो चुनावी एजेण्डा बनाएर त्यसकै ब्याजबाट सत्ताको स्वाद चाख्न खप्पिस एमाले अझैपनी त्यही पुरानो माल बिकाएर आफ्नो राजनितीक जिवन बचाउने कार्यमै लागेको देखिन्छ । अघीपछी ठस्ठसी गन्हाउने उनिहरुकै भाषामा पुर्व पञ्चहरु समेत चुनावकाबेला एमाले नेतृत्वलाई हरहरी बास्ना आएपनी एमालेका असल मतदातालाई गन्हाएकैकारण अस्वभावीक परिणाम भोग्नुपरेको यथार्थ छर्लङ्गै छ ।

पटक पटक सरकारको नेतृत्व र दुई पटक मुलुककै नेतृत्वमा पुग्दासमेत इतिहासको गर्भमै लुकेको मदन भण्डारी हत्याकाण्डमा चुइँक्क नबोल्ने एमालेले केपी ओली नेतृत्वको सरकारले दुई दुई पटक संसद विघठन गरेर आफ्नो असली रुप त देखायो नै त्यसपछी पनी एमसिसी,नागरिकता लगायतका बिषयमा देखाएको मौनताले नेपाली जनतालाई थप चिन्ने मौका प्रदान गर्यो ।

एउटा फरक पृष्ठभुमीबाट नेपाली राजनितीमा प्रवेश पाएको माओवादीले माओको जन्मभुमी चिनमासमेत तिरष्कृत भइसकेको माओवादी नामको देखाउने सिद्दान्त बोकेको भएपनी सत्ताको लागी जतिबेला जे पनी गर्नसक्छ भन्ने आफ्नो पहिचाहन त बनाएकै छ । त्यसको साथै चुनावैपिच्छे आफ्नो अनुहार बदलेर परिवर्तनकारीको पहिचाहन दिन गरिरहेको झुटको पर्दापनी खुलीसकेको अवस्था छ ।

कुनै ठोस एजेण्डाबिनै चुनाव आउनेवित्तिकै संसारका मजदुरहरु एक भएर नयाँ जनवादी क्रान्तीलाई उचाइमा पुर्याउने नारा अलाप्ने कम्युनिष्टहरु गणितीय माध्यमबाट सरकारको सँख्याको हिसाब मिलान गर्नेबेलामा भने छेपाराले आफ्नो रुप बदलेझैं निति र सिद्दान्तलाई घरको दराजमा थन्क्याएर आफैंले पुरातनवादी र जडसुत्रवादीको संज्ञादिएका पुर्व पञ्चहरुसँग गलामिलाउन पुग्छन् ।

राजनितीमा बहुरुपी छवी बनाएका मौसमी दलहरु बिना एजेण्डा निशंकोच जनतासामु पटक पटक निर्लज्ज उभिँदापनी आफु सच्चिने त कुरै छैन जनतालाई नै नयाँ नयाँ आश्वाशनमा मख्ख पार्न हानाथाप गर्छन् । मार्क्सको देशमा नभएको मार्क्सवाद, लेनिनको देशमा नभएको लेनिनवाद र माओको देशमा नभएको माओवादको नाम बेचेरै आफ्नो अभिष्ट पुरागर्न पल्केका नेपाली कम्युनिष्टहरु पुष्पलाल र मदन भण्डारीको नाममा एनजिओ खोलेर स्वार्थ सिद्ध गर्न समेत पछी परेका छैनन् ।

प्रजातन्त्र पश्चात केही समय तलमाथी धेर थोर भएतापनी सरकारको नेतृत्व गर्दै आएका र गरिरहेका यिनै पुराना र ठुला भनिएका दलहरुको विश्वाश जनतामा टुट्दै गएको अवसरछोपी नयाँ र युवाको नाममा देखिएको पछिल्लो माहोलमा पनि खासै स्थिरता भने देखिन्न ।अरुलाई कालो देखाएर आफु सेतोहुने पुरानै परम्परालाई आधार बनाएर आएका नयाँ भन्नेहरुपनी सत्ताकालागी के के गर्दारहेछन् भन्नेकुरा घाम जत्तीकै छर्लङ्ग भइसकेको छ । एउटा अमुक पात्र गृहमन्त्री बन्न नपाउँदा सरकारबाटै बाहिरिने, भाषणमा भ्रष्टाचारका विरुद्द घोक्रो सुक्नेगरी चिच्च्याएपनी भ्रष्टाचारीहरुको पहिचाहन खुल्न लाग्दा सरकारलाई दिएको समर्थन फिर्तालिने लगायतका अपरिपक्कव निर्णयले भोलीको राजनितीक धरातलको जगमै संसय पैदा गरेको प्रष्ट छ ।

नेपाली राजनिती धमिल्याउने पात्रहरु समयको माग अनुसार चल्न सक्दैनन् भन्ने त प्रष्ट हुँदाहुँदै नयाँ पुस्ता र परिवर्तन चाहने युवाहरुले केही आश गरेका नेताहरु समेत बा, दाई भाउजुकै चरणकमलमा लम्पसार परेपछी नेपाली युवाहरुमा राजनितीप्रती वितृष्णा जाग्दै जानु र विकल्पको खोजीगर्नु  स्वभावीक देखिन्छ । नयाँ र युवा भनिएकादलहरु राम्रो हुनुभन्दापनी पुराना र ठुला भनिएका भ्रष्ट र यथास्थितीवादी हुनु यसको मुल कारण देखिन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार