देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाली सेनाले माग्यो २५ सय ७४ कर्मचारी

0

काठमाडौं – नेपाली सेनाले विभिन्न पदका लागि २ हजार ५ सय ७४ जना कर्मचारी माग गरेको छ ।

देशैभरका कार्यालयहरूका लागि आवश्यक रहेका सूचना प्रकाशन गर्दै  नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार) पद भर्ना आव्हान गरेको हो । 

नेपाली सेना भर्ना छनौट निर्देशनालयले शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दे जेठ १२ गतेसम्म दरखास्त दिन सकिने सैनिक मुख्यालयले जनाएको छ ।

दरखास्तका लागि कक्षा ८ उर्तिण गरेका महिला तथा पुरुष हुनु पर्ने र १८ वर्ष पुरा भई २२ वर्ष ननाघेको हुनु पर्ने समेत सूचनामा उल्लेख गरेको छ । 

आवेदन सम्बन्धी जानकारी यहाँ क्लिक गरेर हेर्न सकिन्छ । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार