देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको पूरा सहयोग हुन्छ – स्वास्थ्य मन्त्री बस्नेत

0

काठमाडौं – नेपाल औषधि लिमिटेडलाई स्वास्थ्य मन्त्रालयको पूरा सहयोग हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।

आईतबार नेपाल औषधि लिमिटेडको केन्द्रीय कार्यालयको निरीक्षणका क्रममा स्वास्थ्य मन्त्री बस्नेतले औषधि लिमिटेड नेपाल सरकारको अंग भएको स्मरण गर्दै यसको विकासका लागि स्वास्थ्य मन्त्रालयले पनि सक्दो सहकार्य गर्ने बताए ।

नेपाल औषधि लिमिटेड उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय अन्तरगत परे पनि यसले उत्पादन गर्ने औषधिको सम्बन्ध भने स्वास्थ्य मन्त्रालयसँग रहेकाले यसले उत्पादन गरेका औषधि स्वास्थ्य मन्त्रालयले किनिदिने सहज वातावरण मिलाउने मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘ नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि स्वास्थ्यले किनिदिन्छ तर ती औषधि गुणस्तरीय हुनु पर्छ र चाहिएको जति आपूर्ति गर्न सक्नु पर्छ । ’ कुनै बेला औषधि बेचेरै नाफा समेत कमाएको औषधि लिमिटेड कम्पनी अहिले घाटामा चल्नु सुखद नभएको बताउदै मन्त्री बस्नेतले कम्पनीकै कर्मचारीको कामचोर प्रवृतिका कारण यो अवस्था आएको दावी गरे ।

केही दिन पहिले महा प्रवन्धक नियुक्त भएर आएका कैलाश पनेरुले नेपाल औषधि लिमिटेडको पुरानो साख फर्काउने योजना सहित काम अगाडि बढाएपछि स्वास्थ्य मन्त्री बस्नेत स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रलाई साथ लिएर औषधि लिमिटेडको कार्यालय पुगेका थिए । मन्त्री बस्नेतले डा. मिश्रलाई औषधि लिमिटेडको क्षमता र औषधि उत्पादन अवस्था अवलोकन गरि उत्पादित औषधि का विविद् पक्षबारे आफुलाई जानकारी गराउन निर्देशन दिएका थिए ।

नेपाल औषधि लिमिटेडका प्रवन्ध निर्देशक कैलाश पनेरुले बिगत लामो समयदेखि घाटामा रहेको कम्पनीलाई आत्मनिर्भर हुने गरि सञ्चालन गर्न एक वर्षका लागि सरकारले २४ करोड रुपैया ऋण अनुदान उपलब्ध गराई दिन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी गराउदै उक्त प्रस्ताव मन्त्रीपरिषद्बाट पास गराउनमा सहयोग गरिदिन स्वास्थ्य मन्त्री बस्नेतलाई महाप्रवन्धक पनेरुले आग्रह गरे ।

कुनै बेला सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै नाफा समेत कमाउने गरेको यो कम्पनीले अहिले अहिले सिमिति रुपमा सिटामोल, जिवनजल लगायतका औषधि मात्र उत्पादन गर्दै आइरहेको छ । सिटामोल र जिवनजल औषधि लिमिटेडका व्रान्ड हुन । उद्योग मन्त्रालय मातहत रहेको यो कम्पनीमा अहिले ८० जना कर्मचारी कार्यरत छन् । धेरै जसो औषधिको उत्पादन बन्द भए पछि कम्पनीले आफ्ना भवन भाडामा लगाएको छ । मासिक ५० लाख खर्च रहेको यो कम्पनीले २५ लाख भाडा बाफत कमाउछ भने २५ लाख घाटामा रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार