देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरी स्थगित

0

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १८ गते सम्मको लागी स्थगित गरिएको छ ।  कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागी भन्दै शनिबार बस्नेगरी बैठक बोलाइएको थियो ।पटक-पटक सर्दै र टर्दै आएको नेकपा बैठक यो पटक पनी कोरोनाको कारण स्थगित भएको हो ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृह मन्त्री रामबहादुर थापा बादल होम आइसोलेशनमा बसेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरु होम आइसोलेसनमा बसेका हुन् ।

गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको बैठक बसेको थियो । उनीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ । नतिजा नआउँदा सम्म उनीहरु होम आइसोलेसनमै बस्नेछन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार