देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल ट्रेड युनियन कांग्रेस ७६ औं वर्षमा प्रवेश

0

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेस ७६ औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ७५ वर्ष अगाडि वि.सं.२००३ साल फागुन २१ गते विराटनगर मजदुर युनियनको नाममा स्थापित संगठन नै हालको नेपाल ट्रेड युनियन कांग्रेस हो ।

तत्कालीन कारखाना मालिकहरुले मजदुरलाई गरेको शोषणको विरुद्ध गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा मजदुरको ज्याला वृद्धि, स्वस्थ कार्य स्थल एवं श्रमिक अधिकारको मुख्य माग राखी कारखाना मालिक विरुद्ध नेपालमै पहिलो संगठित आन्दोलन छेडेका थिए । सोहि मजदुर आन्दोलन नै नेपालको १०४ वर्षे निरंकुश राणा शासनलाई अन्त्य गर्ने आधार समेत बन्यो ।

नेपाल ट्रेड युनियन कांग्रेसले शनिबार स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा अध्यक्ष पुष्कर आचार्यले सात दशक लामो श्रमिक आन्दोलनको समिक्षा गर्दै अघि बढ्नु पर्ने बताउँदै श्रमजीवीका हक अधिकार , योगदानमा आधारित सामाजिक सुरक्षा एवं हरेक नीति निर्माण तहमा १० प्रतिशत श्रमिक प्रतिनिधित्व सुनिश्चित हुनेगरी काम गर्नुपर्ने आवश्यकता रहेको विचार राखेका थिए ।

ट्रेड युनियन कांग्रेसको श्रमिक हक अधिकार स्थापित गर्न, सामाजिक सुरक्षा लागू गर्न , श्रमजीवीको हितमा ऎन कानुन निर्माण, सामाजिक एवं राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका रहदै आएको छ ।

कार्यक्रममा नेपालका विभिन्न ट्रेड युनियन महासंघका नेतृत्व , अन्तर्राष्ट्रिय श्रम संगठन ( ILO ) का प्रतिनिधि, श्रम क्षेत्रमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधि र उद्योग वाणिज्य , उद्योग परिसंघ लगायतको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार