देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल पक्षका नेताहरुलाई बालुवाटारमा चियापानको निम्तो

0

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चैत्र ३ गते बालुवाटारमा चियापानको कार्यक्रम आयोजना गरेका छन्।

माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको भोलिपल्ट गर्ने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई पनि निम्तो दिएका छन् ।

ओलीको सचिवालयका तर्फबाट उक्त चियापानको निम्तो ओली र नेपाल दुवै पक्षका नेताहरुलाई गरिएको हो। नेपाल पक्षले ४ गते आयोजना गर्ने भनेको राष्ट्रिय कार्यकर्ता भेला चैत्र ५ गते पनि गर्ने निर्णय गरेको छ।

ओलीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको चियापानको निम्ताको एसएमएस आफूहरुलाई पनि आएको नेपाल पक्षका नेताहरुले बताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार