देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल पुलिसले उचाल्यो राजर्षि जनक कपको उपाधि

0

(सर्लाही) – विभागीय टिम नेपाल पुलिस क्लबले चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सर्लाहीको बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा पाहुना टोली भारतको सिक्किमस्थित कञ्चनजंघा एफसीलाई २–१ गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले १० लाख रुपैयाँ प्राप्त गरे ।

तीर्थ रानाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको १२ औं मिनेटमा पुलिसका तर्फबाट पुन: अर्को गोल भयो । पुलिसका तर्फबाट पदम् भट्टराईले फ्रि किक प्रहार गर्दा कप्तान जुमनु राईले हेड गर्दै बललाई जाली चुमाए । कञ्चनजंघाले खेलको १९ औं मिनेटमा अमिर लामाको गोलबाट पुलिससँगको दूरी घटायो । दोस्रो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन ।

पुलिस अर्को गोल गरेर खेलमा सुरक्षित हुन चाहन्थे, भने पाहुना टोली कञ्चनजंघा बराबरी गर्ने प्रयासमा देखिन्थे । खेलको दोस्रो हाफ निकै रोमाञ्चक भएको थियो । उपविजेता कञ्चनजंघाले ५ लाख रुपैयाँमा चित्ता बुझायो । खेलको म्यान अफ द म्याच कञ्चनजंघाका सुब्रतो सोरेन भए । उनले १० हजार रुपैयाँ पाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार