देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण

0

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको छ ।

अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई क्यूआर कोड र पीओएस मेसिन हस्तान्तरण गरेको हो ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पीओएस मेसिनबाट भुक्तानी गर्न सक्ने छन् । सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धी पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिँड्नु नपर्ने बताए ।

विस. २०४० सालबाट सुरु भएको प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत गरेका थिए ।

कार्यकममा पूर्व प्रहरी महानिरीक्षक, अस्पतालका पूर्व मेडिकल डाइरेक्टर, उच्च प्रहरी अधिकृत, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार