देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल बार एशोसिएशनको निर्वाचन आज हुँदै

0

काठमाडौं – नेपाल बार एशोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुँदैछ ।

नेपाल बारले देशभरका ३५ वटा निर्वाचन केन्द्रमा मतदान हुने जनाएको छ । नेपाल बारको एक अध्यक्ष, ८ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि मतदान हुनेछ । चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन हुन लागेको हो ।

बार एशोसिएनको निर्वाचनमा डेमोक्रेटिक लयर्स एशोसिएसन(डीएलए), माओवादी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन र नेकपा समाजवादी निकट समाजवादी लयर्स एशोसिएसनको तर्फबाट गोपालकृष्ण घिमिरेको नेतृत्वको टीम चुनावी मैदानमा उत्रिएको छ ।

नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यवसायी समूह (पीपीएलए) ले बिष्णुमणि अधिकारीको नेतृत्वमा बारको निर्वाचन लड्दैछ ।

निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

यस्तो छ निर्वाचन तालिका

nirbachan.jpg
द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार