देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल र चीनबिच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (पुर्ण पाठ)

0

काठमाडौं – नेपाल र चीनबीच संसदीय सहकार्य गर्ने अन्तरसंसदीय सहयोग सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटा र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

संसद्‍ सचिवालयबाट प्राप्त जानकारी अनुसार संघीय संसद्‍ भवन नयाँ वानेश्वरमा आयोजित विशेष समारोहबीच समझादारी पत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार उक्त समझारी पत्रमा ६ ओटा बुँदा रहेका छन् । जसमा बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने सहमति भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली सोमबार दिउँसो नेपाल आइपुगेका हुन् । उनी ६७ जनाको टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन् । अध्यक्ष ली चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र पनि मानिन्छन् ।

समझदारीपत्रको पूर्णपाठ –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार