देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल विशेष सेवाको गठन र संचालनसम्बन्धि विधेयक फिर्ता लिन मानव अधिकार शान्ति समाजको माग

0

काठमाडौं – सरकारले संसदमा दर्ता गराएको नेपाल विशेष सेवाको गठन र संचालन सम्बन्धि कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयकप्रति मानव अधिकार तथा शान्ति समाजले ध्यानाकर्षण जनाएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै संसदमा दर्ता गरिएको विधेयकप्रति समाजले ध्यानाकर्षण जनाएको हो ।

समाजका तर्फबाट सभापति उत्तम पुडासैनीले जारी गरेको विज्ञप्तीमा उक्त विधेयक संविधानद्वारा प्रदत्त नागरिकको गोपनियताको हकको मर्म विपरित रहेको उल्लेख गरिएको छ ।

‘आम नागरिकमाथि स्वेच्छाचारी तवरले गुप्तचरीलाई बैधता दिने र नागरिकको गोपनियताको अधिकार माथी धावा बोल्ने नियतले अभिप्रेरित यो विधेयक एकातिर राष्ट्रसंघिय मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १२ ले प्रत्याभूत गरेको गोपनियताको हकको प्रतिकूल छ भने अर्कोतिर नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा २८ मा प्रत्याभूत गोपनियताको हकको मर्म विपरित छ,’ विज्ञप्तीमा उल्लेख छ ।

विधेयकको विरोध गर्दै विधेयकलाई तत्काल फिर्ता लिन समेत समाजले सरकारसँग आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार