देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित 

0

सन्जिब दुलाल /भक्तपुर – नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । 

नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ ।

यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहेका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।

 दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरका संस्थापक पूर्व अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तिलक प्रकाश कायस्थले सम्मान गरेका थिए । 

कार्यक्रममा उनले नेपाल भाषा साहित्यमा योगदान दिँदै आएका विभिन्न स्रष्टाहरूलाई बर्सेनि सम्मान गर्न पाउनु आफैमा गर्वको कुरा भएको बताए । साथै उनले नेपाल भाषा साहित्यको संरक्षण गर्न यस संस्थाले विक्रम सम्मत २०१० साल देखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिए ।  

कार्यक्रममा कथाकार महेन्द्र गोपाल कर्माचार्य , कृष्णलाल प्रधान, योगेन्द्र प्रधान, प्रतिसरा सायमी,कृष्णलाल प्रधान,दीपचन्द्र साख लगायतका वक्ताले नेपाल भाषा साहित्यको संरक्षणका लागि सबैले योगदान दिनु पर्ने बताएका थिए । 

कार्यक्रमको सभापतित्व नेपाल साहित्य मन्दिरका अध्यक्ष त्रैलोक्यमान बनेपाली(अगिव बनेपाली)ले गरेका थिए भने कार्यक्रम सञ्चालन सुमा श्रेष्ठले गरेकी थिइन्  । उक्त कार्यक्रममा नेपाल भाषा साहित्यमा योगदान दिँदै आएका पाँच दर्जन भन्दा बढी साहित्यकार एवं साहित्य प्रेमीहरूको उपस्थिति रहेको थियो । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार