देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेपाल सिधै टी-२० विश्वकपको ग्लोबल छनोटमा

0

काठमाडौं – नेपालले अष्ट्रेलियामा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२२ मा अष्ट्रेलियामा हुने प्रतियोगिताका लागि सार्वजनिक गरेको छनोट प्रक्रियाको तालिका अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो ।

आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा सफल भए नेपालले सन् २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ ।

टी २० वरियताका आधारमा नेपालसहित चार देशले सिधै ग्लोबल क्वालिफार खेल्न पाउने छन् । दुई समूहमा हुने ग्लोबल छनोटबाट २-२ टोली विश्वकपमा खेल्नेछन् । ग्लोबल क्वालिफायरमा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

शीर्ष चार टोलीले मात्र विश्वकपमा स्थान बनाउने छन् । आईसीसीले सन् २०२० को अक्टोबरमा शुरु हुने टी २० विश्वकपका लागि चार चरणमा छनोट प्रतियोगिता गर्ने तालिका सार्वजनिक गरेको छ । पूर्वी एसिया र अफ्रिकाबाट एउटा तथा अमेरिका, युरोप र एसियाबाट दुई दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्ने छन् ।

ग्लोबल क्वालिफायरमा १६ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । दुबै समूहका शीर्ष दुई-दुई टोली टी-२० विश्वकप क्रिकेटका लागि छनोट हुने आईसीसीले जनाएको छ । छनोट प्रक्रिया १३ महिना चल्नेछ र कुल २ सय २५ खेल हुनेछन् ।

नेपाल पछिल्लो पटक सिंगापुरमा भएको एसिया छनोट प्रतियोगितामा लज्जास्पद प्रदर्शन गर्दै बाहिरिएको थियो । यसपटक भने विश्व वरियतामा राम्रो स्थान भएपछि आइसीसीले नेपाललाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार