देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेमा उछाल, एकैदिन ७० अङ्कको वृद्धि

0

रासस/काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज आइतबार उच्च अङ्कले बढेर एक हजार ५०० माथिको विन्दुमा पुगेको छ । लामो समयपछि बजारमा आज सर्किट ब्रेकसमेत लगाउनुपर्यो । लगानीकर्ता ओइरिएर शेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाव पर्न गयो । सोही कारण कारोवार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनु परेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज झण्डै ७० अङ्कले बढ्यो । ‘बुलिस टे«न्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुग्यो । यस्तै सेन्सेटिभ परिसूचक १७.०७ ले वृद्धि भई ३१७.५० मा पुग्यो । कूल १७८ कम्पनीको ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर रु तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका सबै १२ उपसमूहको शेयर नै आज उकालो लागे । बैंकिङ ८६.०१, व्यापार ७३.११, होटल ११.७७, विकास बैंक ८४.५९, जलविद्युत् ३३.७५, वित्त २२.५६, निर्जीवन बीमा १३९.८५, उत्पादन ३८.६२, अन्य २४.६३, लघुवित्त ५४.८९, जीवन बीमा १९२.३६ र सामूहिक लगानी कोष ०.२८ ले वृद्धि भयो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार