देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से ओरालो लागेपनि कारोबार बढ्यो

0

काठमाडौं – साताको सुरुवातदेखि नै घटेको शेयर बजार बिहीबार पनि थप ५ दशमलव ३३ अंकले झरेको छ । धितोपत्र बजारमा आज सामान्य अंकले गिरावट आएको छ । सेयर कारोबार हुने साताको अन्तिम दिन आज बजार परिसूचक नेप्से ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ बिन्दुमा पुगेको छ ।

नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने हिजोको तुलनामा ३ करोड रुपैयाँले वृद्धि भएको छ । कारोबार भएका सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३४ दशमलव २५ अंकले घटेको छ ।

जीवन बीमा कम्पनी समूहको उपसूचक ३३ दशमलव ८६, होटल समूहको २४ दशमलव ५३ र उत्पादन मूलक कम्पनी समूहको उपसूचक १८ दशमलव २१ अंकले घटेको छ । नेप्सेमा आज ३७ करोड ६१ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

कुल १ सय ६८ कम्पनीका ६ हजार ५ सय ९४ कारोबारबाट १५ लाख ५६ हजार ७ सय ९० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज लक्ष्मी बैंक लिमिटेड प्रमोटर सेयरको सबैभन्दा बढी कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार