देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेमा बुधबार साढे २ अर्ब बढीको कारोबार

0

काठमाडाैं – धितोपत्र बजारमा बुधबार साढे दुई अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । एक दशमलव ४६ प्रतिशतले उकालो लागेको नेप्सेमा दुई अर्ब ६५ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार परिसूचक नेप्से आज २१ दशमलव १ अंकले उकालो लागेर एक हजार ४ सय ६२ दशमलव ३ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ८५ करोड रुपैयाँले वृद्धि भएको छ ।

हिजो ९ दशमलव ३४ अंकले उकालो लागेको नेप्सेमा एक अर्ब ८५ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
नेप्सेमा आज कारोबार भएका व्यापार र जीवन बीमा बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ ।

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५१ दशमलव ६२ अंकले बढेको छ । नेप्सेमा आज कुल १ सय ८६ कम्पनीका ३४ हजार ६ सय २० कारोबारबाट ५८ लाख ८२ हजार १ सय १ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार