देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेमा बुधबार ४ अर्ब बढीको कारोबार

0

काठमाडाैैंं – धितोपत्र बजारमा बुधबार ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । एक दशमलव ७२ प्रतिशतले उकालो लागेको नेप्सेमा आज ४ अर्ब १८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार परिसूचक नेप्से आज २५ दशमलव ५८ अंकले बढेर एक हजार ५ सय १० दशमलव ५७ बिन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ ।

कारोबार रकममा अघिल्लो दिनको तुलनामा ७२ करोड रुपैयाँले वृद्धि भएको छ । सोमबार २२ अंकले उकालो लागेको नेप्सेमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा बुधबार कारोबार भएका जीवन बीमा र निर्जीवन बीमा बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबैभन्दा बढी जलविद्युत कम्पनी समूहको उपसूचक ९४ दशमलव २२ अंकले उकालो लागेको छ ।

यस्तै, निर्जीवन बीमाको १ सय २५ दशमलव ८९ र जीवन बीमा कम्पनी समूहको उपसूचक भने ८८ दशमलव ६८ अंकले ओरालो लागेको छ । नेप्सेमा आज कुल १ सय ८६ कम्पनीका ४५ हजार २ सय ७२ कारोबारबाट ९६ लाख ८६ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार