देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेमा सामान्य गिरावट, होटलमा लगानीकर्ताको आकर्षण

0

काठमाडौं – पछिल्लो केहीसाता यता निरन्तर उकालो लागेको धितोपत्र बजारमा सोमबार भने सामान्य गिरावट आएको छ ।

बजार परिसूचक नेप्से आज २ दशमलव ३८ अंकले ओरालो लागेर एक हजार ७ सय ८० दशमलव ४३ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि कारोबार रकममा भने सुधार देखिएको छ ।

नेप्सेमा सोमबार कुल १ सय ९९ कम्पनीका ४६ हजार २ सय ४० कारोबारबाट एक करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ४ अर्ब ७६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

कारोबार हुने साताको पहिलो दिन आइतबार ४ दशमलव ६९ अंकले उकालो लागेको नेप्सेमा हालसम्मकै उच्च ६ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका बैंकिङ, व्यापार, होटल र उत्पादनमूलक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ । सबै भन्दा बढी उत्पादन मूलक कम्पनी समूहको उपसूचक १ सय ३३ दशमलव ९८ अंकले बढेको छ ।

यस दिन होटल र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक क्रमश: ३.७७ प्रतिशत र ३.५८ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक १.४१ प्रतिशत र बैंकिङ्गको ०.४५ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३० करोड २२ लाख ७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टिलरी र नेपाल लाइफ इन्स्योरेन्सको २० करोड भन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार