देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेमा सामान्य सुधार, कारोबार घट्यो

0

(काठमाडौं) – धितोपत्र बजारमा बुधबार सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ३१ अंकले बढेर १ हजार ३ सय ४२ दशमलव ३६ बिन्दुमा पुगेको छ । नेप्सेमा सुधार देखिएसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा २५ करोड रुपैयाँ वृद्धि भएको छ ।

दोहोरो अंकले गिरावट आएको नेप्सेमा मंगलबार १ अर्ब ५७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । आज कारोबार भएका विकास बैंक, जलविद्युत, उत्पादनमूलक र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । सबै भन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ३८ दशमलव २६ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ७७ कम्पनीका १२ हजार ४ सय ४० कारोबारबाट ३२ लाख ६० हजार १ सय ९८ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ८ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उपसमुहका सूचक सकारात्मक देखिएका छन् । त्यस्तै कारोबारमा आएकामध्ये ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५९ कम्पनीको शेयरमूल्य घटेको छ । २१ कम्पनीको शेयरमूल्यमा भने कुनै परिवर्तन भएन । बुधबार सिभिल बैंकको शेयर उच्च कारोबार भएको छ । बैंकको ८ लाख २७ हजार कित्ता शेयर १३ करोड २ लाख रुपैयाँमा कारोबार भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार