देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्सेले सोध्यो इन्फ्रास्ट्रकचर बैंकलाई स्पष्टिकरण

0

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल इन्फ्रास्ट्रकचर बैंकलाई स्पष्टिकरण सोधेको छ । बैंकले लाभांश र बोन्ड जारी गर्ने विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी नै नदिई मिडिया प्रचारप्रसार गरेको भन्दै नेप्सेले ३ दिने स्पष्टिकरण बुझाउन भनेको हो ।

नेप्सेले बैंकलाई विभिन्न प्रश्न सहित स्पष्टिकरण सोधेको हो । ३० मिलियन डलरको बन्ड जारी गर्ने र लण्डन स्टक एक्सचेन्जमा सूचीकृत गराउने विषयमा सत्य तथ्य के भएको हो , रणनीतिक साझेदार भित्र्याउन को साग के कस्तो छलफल गरेको हो ? बैंक तथा वित्तीय संस्थाका लागि बन्ड जारी गर्ने विषय के कति सत्य हो ? इन्स्योरेन्स कम्पनीले खरिद गर्ने बन्ड जारि गर्ने विषय के कस्तो सत्य हो ? १० प्रतिशत लाभांश वितरण गर्ने कुरा के कति सत्य हो ।

नेप्सेलाई जानकारी नगरी किन मिडियामा प्रचार गरेको लगायतका विषयमा नेप्सेले जवाफ माग गरेको छ । बैंकका सीइओ रामकृष्ण खतिवडाले केहि दिन अगाडी सञ्चारकर्मीसँगको अन्तरक्रियामा यी विषयमा सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार