देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा नयाँ रेकर्ड

0

काठमाडौं – लगातार उच्च अंकले बढीरहेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आज आइतवार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१.३६ विन्दुमा झरेर कारोबार बन्द भएको छ । सेन्सेटिभ परिसूचक ७.०४ अंकले घटेर ३ सय ४०.६४ बिन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । कारोबारमा आएका १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २१७ कित्ता शेयर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँमा कारोबार भएको छ । जुन एक दिनको कारोबारमा हालसम्मकै उच्च हो ।

आज कारोबारमा आएका १२ मध्ये वित्त उपसमूहको मात्र परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक ४.२५ अंकले बढेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार