देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से दोहोरो अंकले घट्दा झण्डै २ अर्बको कारोबार

0

मध्यबिन्दु/काठमाडौं – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । लगातार उकालो लाग्दै आएको बजार आज ओरालो लागेको हो । आज नेप्से परिसूचक २६.५४ विन्दुले घटेर एक हजार ३ सय १७.११ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
सेन्सेटिभ परिसूचक समेत ४.८६ अंकले घटेर २ सय ८३.५३ बिन्दुमा पुगेको छ ।

नेप्से परिसुचक घटे पनि कारोवार रकम भने आज झण्डै रु दुई अर्ब बराबर छ । १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता शेयर रु एक अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ मूल्यमा खरिद–बिक्री भएको छ ।

आज कारोवारमा आएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । जीवन बीमा सबैभन्दा धेरै १५४.६५, निर्जीवन बीमा ११६.३१, उत्पादन ७१.९१, होटल्स ६४.०९, लघुवित्त ५७.८८, व्यापार ५४.५९, विकास बैंक ५२.८७, जलविद्युत् ४२.२२, बैंकिङ १५.८८, वित्त २२.३३, अन्य १३.५३, र सामूहिक लगानी कोष ०.१८ अंकले घटेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार