देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से फेरि ओरालो लाग्यो, झण्डै २१ अंकको गिरावट

0

मध्यबिन्दु/काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा नेप्से परिसूचक झण्डै २१ अंकले घटेको छ । आज नेप्से परिसूचक २०.७९ विन्दुले घटेर एक हजार २ सय ७६.६८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । सेन्सेटिभ परिसूचकसमेत आज ४.१० अंकले घटेर २ सय ७४.६२ अंकमा पुगेको छ ।

यसदिन कारोवार रकममा समेत गिरावट आएको छ । १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोवारमा आएका उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा १५१.७४, तथा जीवन बीमा १२४.९९ अंकले घटेको छ भने सबैभन्दा कम सामूहिक लगानी कोष ०.०६ अंकले घटेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार