देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से १६ अंकले घट्यो, ३४ करोडको कारोबार

0

काठमाडौँ, सााझ खवर संवाददाता – धितोपत्र बजार साताको दोस्रो दिन पनि आरोलो लागेको छ । धितोपत्र बजारमा आज १६ अंकले गिरावट आयो । कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक नेप्से १६ दशमलव १८ अंकले घटेर १ हजार १ सय २३ दशमलव ८३ बिन्दुमा पुगेको छ ।

बजार खुलेको केही समय सम्म उकालो लागेको नेप्से अन्तत नेप्से १ हजार १ सय २३ दशमलव ८३ बिन्दुमा पुगेर बन्द भयो ।

नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने हिजोको तुलनामा ६ करोड रुपैयाँले वृद्धि भएको छ । आइतबार १७ अंकले घटेको नेप्सेमा २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज नेप्सेमा कारोबार भएका व्यापार बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक १ सय ३१ दशमलव ६२ अंकले घटेको छ । निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ७७ दशमलव ४४, होटल समूहको १८ दशमलव १६ र नेपाल टेलिकमको १६ दशमलव ६६ अंकले घटेको छ ।

नेप्सेमा आज कुल १ सय ६९ कम्पनीका ७ हजार ५ सय ४७ कारोबारबाट १२ लाख ४८ हजार ४ सय ९ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३४ करोड ३९ लाख १८ हजार २ सय २१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज छिमेक लघुवित्त विकास बैंकको सबै भन्दा धेरै कारोबार भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार