देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेप्से ५ अंकले घट्यो

0

(काठमाडौं) – धितोपत्र बजारमा आज फेरि गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ३९ दशमलव ९६ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १७ करोड रुपैयाँले गिरावट आएको छ ।

हिजो १३ अंकले उकालो लागेको नेप्सेमा करीब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा कारोबार भएका उत्पादनमूलक कम्पनी समूह बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो ।

सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ५५ दशमलव ८९ अंकले घटेको छ । नेप्सेमा आज कुल १ सय ६१ कम्पनीका ५ हजार ३२ कारोबारबाट १० लाख ८२ हजार ८ सय १५ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३७ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार