देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेम्वाङको निधनका कारण समाजवादी मोर्चाको सभा स्थगित

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – सत्तारुढ ३ दलसहित ४ दल सम्मेलित समाजवादी मोर्चाको सुदूपश्चिम प्रदेशस्तरीय सन्देश स्थगित भएको छ।

संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सभा स्थगित भएको सभा व्यवस्थापक तथा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम ईञ्चार्ज गरिमा शाहले जानकारी दिइन्।

मंगलबार तय भएको सन्देश सभा भने नेम्वाङको निधनको शोकमा स्थगित गरिएको शाहले जानकारी दिइन्।

नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता नेम्वाङको मंगलबार बिहान १:५० बजेतिर निधन भएको हो। हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषित गरेका थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार