देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नेसपाले माओवादी केन्द्रसहित विचार मिल्ने पार्टीसँग एकता गर्ने

0

काठमाडौं – नेपाल समाजवादी पार्टी नेकपा (माओवादी केन्द्र)सहितका विचार मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकता गर्ने भएको छ ।

नेसपाको जेठ २५–२६ सम्म दुई दिन चलेको केन्द्रीय समिति बैठकले  विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताको पहल गर्ने  निर्णय गरेको हो ।

बैठकले अध्यक्ष/सहअध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक छलफल गरी एकमतले पारित गरेको छ ।

समाजवादी केन्द्र-ध्रुव निर्माणको लागि समाजवादकेन्द्रित कार्यक्रमसहित माओवादी पार्टीलाई एकताका लागि वार्ता समितिले प्रस्तुत गरेको प्रस्तावको औपचारिक जवाफ आएपछि पार्टीले निर्णय गर्ने निर्णयमा उल्लेख छ ।

यस्तै, असारदेखि मंसिरसम्म संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्ने पनि निर्णय भएको नेसपाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार