देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

नौ किलो अफिमसहित रुकुम पूर्वबाट ३ पक्राउ

0

रुकुम पूर्व  – लागू औषध अफिम सहित रुकुम पूर्वबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१,का ४० वर्षीय अमरजित पुन, सोही ठाउँकी ३४ वर्षीया प्रतिभा पुन र ५ नम्बर वडा हुकाम बस्ने ३५ वर्षीया गाइने कामी रहेका छन् ।

पुथाउत्तरगंगा गाउँपालिका–१२, ओख्मा, भल्का, नयाँ बजारदेखि जामा बगर जाने बाटोबाट ९ किलो १ सय ग्राम अफिम सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट अफिम नापतौलमा प्रयोग हुने एक थान डिजिटल तराजु समेत बरामद गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार