देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

न्यायपालिकाको गतिरोध यथाशिघ्र टुङ्गिनु पर्छ – गठबन्धन

0
<p>फोटो रासस</p>

फोटो रासस

काठमाडौं – सत्तारुढ गठबन्धनको पाँच दलीय समन्वय समितिले तत्काल न्यायालयको विवादले निकास पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

समिति गठनपछि पहिलो पटक मंगलबार बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल विवादले निकास पाउनुपर्ने निष्कर्ष निकालेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बैठकले राज्यको महत्वपूर्ण अंग न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिन सम्बन्धित सबैलाई पहलको लागि आग्रह पनि गरेको छ ।

समितिले पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहज रूपमा सेवा सुविधा उपलब्ध गराउँदै विकास र समृद्धिको आकांक्षा पूरा गर्न क्रियाशील रहेको निष्कर्ष निकालेको मन्त्री कार्कीले बताए ।

पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउन भन्दै गठन गरिएको समितिको संयोजक नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार