देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पक्राउ पुर्जी आएपछि सिरोहियालाई रोक्न सकिनँ – प्रधानमन्त्री

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको जिम्मेवारी लिएका छन्।

मूलधारका सञ्चारमाध्यममा कार्यरत सम्पादकहरूको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको स्वीकार गरेका हुन्।

‘प्रधानमन्त्रीज्युले हामीसँग कुरा गर्दा पहिले कैलाशजीलाई अहिल्यै समाउने बेला नभएको भन्नेमा आफू रहेको भन्नुभयो,’ प्रधानमन्त्री दाहाललाई पत्र बुझाउन बालुवाटार पुगेका बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले भने,‘अदालतबाट पक्राउ पुर्जी नै जारी भइसकेपछि आफैले पक्राउ गर्न अनुमति दिएको उहाँले स्विकार्नुभयो।’

सिरोहियाको पक्राउलाई लिएर प्रेस स्वतन्त्रताविरुद्ध सरकार लागेको रुपमा नलिइदिन प्रधानमन्त्री दाहालले आग्रह पनि गरेका छन्। ‘उहाँ निर्दोष भए दुई तीन दिनमा छुटिहाल्नुहुन्छ। यसरी प्रेस स्वतन्त्रताविरुद्ध सरकार नै लागेको भाष्य निर्माण गरिदिनुभएन,’ प्रधानमन्त्री दाहालको कुरा उद्धृत गर्दै प्रधानले भने।

यस्तै सम्पादकहरूले उठाएका मागमा भने आफू गम्भीर रहेको प्रधानमन्त्री दाहालले प्रतिक्रिया दिएका छन्।

सिरोहियाको पक्राउपछि बुधबार मूलधारका सञ्चारमाध्यममा कार्यरत ३१ जना सम्पादकहरू बसेर गृहमन्त्री लामिछानेबाट सत्ताको दुरुपयोग भएको निष्कर्ष निकालेको थियो। उक्त भेलाबाट ५ बुँदे माग पत्र प्रधानमन्त्री दाहाललाई बुझाउने निर्णय भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार