देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थपिए २४४० जना कोरोना संक्रमित

0

काठमाडौं – मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममै देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार दिएको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा २४४० जनामा कोरोना संक्रमण देखिएको छ ।

गएको २४ घण्टामा गरिएको १३ हजार ७८१ पीसीआर परीक्षणबाट यो संख्यामा संक्रमित फेला परेका हुन् । आइतबारको भन्दा यो संख्या शनिबारको भन्दा यो संख्यामा २०७ जना बढी हो । योसँगै मुलुकमा हालसम्म संक्रमितको कूल संख्या ८७ हजार १७२ पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १५३१ नयाँ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी १५३१ थप संक्रमित फेला परेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोेरोना संक्रमणबाट ११३३ जना मुक्त भएका छन् । योसँगै मुलुकमा डिस्चार्ज हुनेको संख्या ६५ हजार २०५ पुगेको छ । यो दर ७३ प्रतिशत हो ।

कूल संक्रमितमध्ये हाल २४४ संक्रमित आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार जानकारी दिएका छन् ।

आइतबार २२५३ जनामा संक्रमण देखिँदा १३२९ जना डिस्चार्ज भएका थिए । यो क्रम सोमबार भने संक्रमणको दाँजोमा मुक्त हुने दरमा कमी आएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार