देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थपिए ९१९६ जना कोरोना संक्रमित ५० जनाको मृत्यु

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर र ४९५ जनाको एन्टिजेन परीक्षण भएकोमा ९ हजार १९६ जनालाई संक्रमण पुष्टि भएको हो।

जसमध्ये ९ हजार २३ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने १७३ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार १०६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ८९ जना, ललितपुरमा ६४३ जना र भक्तपुरमा ३७४ जनामा संक्रमित पहिचान भएका हुन्।

हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार ९०५ छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार