देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभरका प्रयोगशालामा ८२४८ नमूना परीक्षण गर्दा एक हजार ९ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा मात्रै थप ८ सय ४३ जनामा संक्रमण देखिएको छ । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ६२ हजार ३ सय ५४ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा २ हजार ९८१ जना कोरोना संक्रमण संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको १ लाख २१ हजार ८२४ संख्या पुगेको छ ।

यस्तै, कोरोना भाइसको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार