देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना पुष्टि

0

काठमाडाैं –  नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६७० पुरुष र ३८६ जना महिलामा संक्रमण देखिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ४४ हजार ४ सय ३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

देशभरी कोरोनाका संक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४५ जनामा झरेको छ । काठमाडौं उपत्यकामा २ सय ८८ पुरुष र २ सय १४ महिला गरी ४ सय ९६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा जम्मा ६ हजार २ सय ८६ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ५ हजार ९७२ परीक्षणहरु गरिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४८३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको २ लाख ३० हजार ५३७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६५१ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार