देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३३ जना संक्रमित

0

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । महिला ११७६ र पुरुष १७५७ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कुल संक्रमित १ लाख ७६ हजार  ५ सय जना रहेका छन भने  सक्रिय संक्रमित ३७ हजार ५२४ जना रहेका छन् । यस्तै पछिल्ले २४ घण्टामा ३१५० जना काेराेना संक्रमण मुक्त भएका छन । त्यसैगरी संक्रमण मुक्त  हुनेको संख्या १ लाख ३७ हजार ९९२ जना रहेका छन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभरमा काेराेना संक्रमणबाट थप २४ जनाकाे मृत्यु भएकाे छ भने याे सँगै  हालसम्म  कोरोना संक्रमण बाट  मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार