देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जनामा संक्रमण

0

काठमाण्डौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई लाख  दुई हजार तीन सय २९ पुगेको हो ।

पछिल्लो २४ घन्टामा १० हजार ८१ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म  १५ लाख ७४ हजार दुई सय ९५ जनाको नमुना परीक्षण भइसकेको छ ।

यो अवधिमा संक्रमणमुक्त भई १६ सय ६६ जना डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ६२ हजार दुई सय ४३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।संक्रमण निको हुने दर ८० प्रतिशत रहेको मन्त्तालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हाल देशभर सक्रिय संक्रमित ३८ हजार नौ सय १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय ८२ जनाको आइसियू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार