देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप २५ सय ८ जनामा कोरोना संक्रमण

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  गएको २४ घण्टामा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार आजको थप संक्रमितसँगै मुलुकमा हालसम्म कूल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ । हालसम्म मुलुकमा १४ लाख ४३ हजार ३ सय ४३ पीसीआर परीक्षण गरिसकिएको छ ।

यस्तै शनिबार सम्ममा २२६४ संक्रमित निको भएर घर फर्किएको मन्त्रलायले जनाएको छ । योसँगै हालसम्म कूल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार