देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ।

काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४, ललितपुर जिल्लामा एक सय ६२  र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार