देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना संक्रमण

0

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।  देशभर कुल संक्रमितको सङ्ख्या एक लाख ५३ हजार आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र २७ सय २० संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौँका दुई हजार ३ सय ५७, ललितपुरका २ सय ३६ र भक्तपुरका १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार वेबसाइट र सामाजिक सञ्जालमा राखेको विवरणमा जनाइएको छ ।

साथै १८ जनाको कोभिडबाट मृत्यु भएको छ । हालसम्म कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या ८ सय २९ जना पुगेको छ ।

सो अवधिमा देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा एक हजार ६९० महिला र दुई हजार ८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म ४६ हजार ६९१ सक्रिय संक्रमित छन् । सक्रियमध्ये ३१ हजार ७२७ जना ‘होम आइसोलेशन’मा तथा २९० जनाको सघन उपचार कक्ष र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी प्रदेशगत रुपमा प्रदेश नं १ मा ४८०, प्रदेश नं ११७, वाग्मतीमा तीन हजार २२५, गण्डकीमा १४०, लुम्बिनीमा ४२८, कर्णालीमा २२ र सुदूरपश्चिममा ८७ जना कोरोना संक्रमित थपिएको जनाइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार