देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ५ सय १२ पीसीआर परीक्षणमा ४८ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै २६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा १९, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । यो कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार