देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि

0

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ सय ८७ पुरुष र २ सय १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १५० पुरुष र ११७ जना महिला सहित २६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २०९, ललितपुरमा ४२ र भक्तपुरमा १६ जना कोरोना संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८४० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७ सय ४९ मा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार